सभापतिको मतगणना सुरु, तीन घण्टा भित्रमा परिणाम आउने

36

काठमाडौं, फागुन २४–
नेपाली कांग्रेसको सभापति चयनका लागि भएको निर्वाचनको मतगणना भर्खरै सुरु भएको छ । बेलुका ८ बजेबाट मत गणना सुरू हुने तय गरिएपनि आधा घण्टा ढिलो सुरु भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका राधेश्याम अधिकारीले बढीमा ३ घण्टा भित्रमा परिणाम आइसक्ने बताए ।

Congresh 2

आज भएको मतदानमा हिजोभन्दा २८ मत कम खसेको छ । कुल ३ हजार १ सय ६१ मतदाता रहेको कांग्रेसमा ३ हजार १ सय २० मत खसेको छ । दोस्रो चरणको निर्वाचनमा कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीच प्रतिस्पर्धा भइरहेको छ ।

Womui
Womui