कांग्रेस सभापति चयन गर्न दिउँसो चुनाव

196

काठमाडौं, फागुन २४–
नेपाली कांग्रेसको नयाँ सभापति चयनका लागि दोस्रो चरणको मतदान सोमबार (आज) दिउँसो २ बजेदेखि ५ बजेसम्म हुने भएको छ । निर्वाचन समितिको निर्णय अनुसार, पहिलो चरणको निर्वाचनमा पहिलो र दोस्रो स्थानमा रहेका वरिष्ठ नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति रामचन्द्र पौडेलबीच सभापति पदका लागि दोस्रो चरणको निर्वाचन राष्ट्रिय सभागृहमा हुनेछ ।

Congresh 2

कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाबीच भएको प्रहिलो चरणको प्रतिस्पर्धामा कुनै पनि उम्मेदवारले पार्टी विधान अनुसार खसेका कुल मतको बहुमत प्राप्त गर्न नसकेपछि देउवा र पौडेलबीच निर्वाचन हुन लागेको हो । आइतबार भएको मतदानमा देउवाले १ हजार ५ सय ६४, पौडेलले १ हजार १ सय ६० र सिटौलाले ३ सय २४ मत ल्याएका थिए ।

Womui
Womui