खतरा पुर्याउनेविरुद्ध सशक्त हुने सेनाको संकेत

46

काठमाडौं, फागुन २४–
नेपाली सेनाले देश टुक्याउन खोज्ने, नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पुरयउनेविरुद्ध सशक्त रूपमा प्रस्तुत हुने जनाउ दिएको छ । तराई–मधेसमा केही समूहले पृथकतावादी आन्दोलन गरिरहेका बेला सुरक्षा कारबाही राजनीतिक प्रक्रियालाई सहज बनाउने उपयुक्त माध्यम भएको ठहर सेनाले गरेको छ । राष्ट्रमा देखिएको पछिल्ला सुरक्षा चुनौतीको दिगो समाधान राजनीतिक रूपमा खोज्न पनि सेनाले सुझाएको छ ।

‘सुरक्षा कारबाही राजनीतिक प्रक्रियालाई सहज बनाउन उपयुक्त वातावरण सिर्जना गरिदिने माध्यम मात्र हो । सुरक्षा चुनौतीको दिगो समाधान राजनीतिक रुपमा गरिनुपर्ने भए तापनि देश नै टुक््रयाउने खालका तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पु¥याउने प्रवृत्तिका सुरक्षा चुनौती सिर्जना भए नेपाल सरकारको निर्देशानुसार विधिसम्मत तरिकाले नेपाली सेना स्वतः परिचालन हुनेछ,’ महाशिवरात्रि तथा सेना दिवस २०७२ को अवसरमा आइतबार जंगी अड्डामा आयोजित कार्यक्रममा सेनाका सकलदर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भने । लामो समय आन्दोलनकारीले नेपाल–भारत नाकामा आपूर्ति व्यवस्था ठप्प पार्दा र राजमार्ग अवरुद्ध गर्दा सेनाको भूमिकाप्रति प्रश्न उठेको थियो ।

सरकारका मन्त्रीले नाका र राजमार्ग खुलाउन सेना परिचालन गर्ने सार्वजनिक रूपमै बोलेको भए पनि सरकारले भने सेना परिचालन गर्ने औपचारिक निर्णय गर्न सकेको थिएन । यसलाई धेरैले सरकारलाई सेनाले असहयोग गरेको रूपमा बुझेका थिए । अझ केही समूहले मधेसलाई नेपालबाट टुक््रयाएर छुट्टै राष्ट्र बनाउनुपर्छ भन्दै पृथकतावादी आन्दोलन सुरु गरेपछि तराई–मधेसमा सुरक्षा चुनौती थपिएको निष्कर्ष सुरक्षा निकायले निकाल्दै आएका थिए । यस्ता समूहको नाइकेलाई भारतमा राम्रो स्वागत भएको थाहा पाएपछि सरकार थप संशकित हुँदै आएको छ भने भारतको विदेश मन्त्रालयमै नेपालमा पृथकतावादी आन्दोलन गर्नेलाई भारतले किन स्वागत गरेको भन्ने प्रश्नसमेत उठिसकेको छ ।

Womui
Womui