नेतृत्व टुंगोमा पुरयाउन कांग्रेसको दोस्रो चुनाव हुने

33

काठमाडौं, फागुन २४–
नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गतको निर्वाचन दोस्रो चरणमा धकेलिएको छ । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा सभापति निक्र्योल गर्न नसकेपछि फेरी हुन लागेको हो । निर्वाचन सभापतिका तीन प्रत्याशीमध्ये कसैले पनि बहुमत (५० प्रतिशतभन्दा बढी) पुरयाउन नसक्दा नेतृत्व छनोट प्रक्रिया लम्बिएको निर्वाचन समितिले जनाएको छ । सोमबार बिहान सम्पन्न मतगणनाको परिणाम अनुसार सभापतिका प्रत्यासी शेरबहादुर देउवा बहुमत पुर्याउन ११ मतले पछि परेका छन् ।

Ser- Ram NC Election

देउवाले १५६४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कार्यवाहक सभापति रामचन्द्र पौडेलको ११६० मत छ। अर्का प्रत्यासी महामन्त्री कृष्ण सिटौलाले ३२४ मत पाएका छन् । निर्वाचनमा कुल ३ हजार १ सय ४८ मत खसेका छन् । शीर्षमत ल्याउने सभापतिका दुई प्रत्याशीबीच पुनः निर्वाचन हुने निर्वाचन समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । उनले सोमबार नै निर्वाचन समितिको बैठक बसेर कार्यक्रम तय गर्ने बताए । पार्टी विधानको धारा १६ को उपधारा १ कले कम्तीमा १५ वर्ष निरन्तर क्रियाशील सदस्य रहेका महाधिवेशन प्रतिनिधि मात्र केन्द्रीय सभापति उम्मेदवार हुन पाउने व्यवस्था गरेको छ ।

पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिने विधान उल्लेख । पुनः मतदान हुँदा साधारण बहुमतप्राप्त उम्मेदवार विजयी हुनेछ । सभापतिबाहेक महामन्त्री, कोषाध्यक्ष र केन्द्रीय सदस्यको मतपेटिका पार्टी केन्द्रीय कार्यालय, सानेपामा राखिएको छ । सभापतिको टुंगो लागेपछि अन्य पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने निर्वाचन समितिले जनाएको छ ।

Womui
Womui