फुटबल रेफ्रीलाई प्रशिक्षण

35

नेपालगन्ज, फागुन २४–
मध्य र सुदुरपश्चिम क्षेत्रका विभिन्न जिल्लाका रेफ्रीलाई प्रशिक्षण दिइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा नेपालगन्जमा प्रशिक्षण दिन सुरु गरिएको हो । उक्त प्रशिक्षण कार्यक्रमको फुटबल संघ (एन्फा) का केन्द्रीय उपाध्यक्ष गोर्वद्धनसिंह सम्झनाले उद्घाटन गरे । उद्घाटन शत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष सम्झनाले फुटबल खेलको विकास लागि रेफ्रीलाई प्रशिक्षण दिनु महत्वपुर्ण कार्य भएको बताए ।

प्रशिक्षणमा सहभागि हुन विभिन्न जिल्लाबाट आएका फुटबल रेफ्री ।
प्रशिक्षणमा सहभागि हुन विभिन्न जिल्लाबाट आएका फुटबल रेफ्री ।

सो अवसरमा कार्यक्रमका विशिष्ट अतिथी एवम् मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली, नेपाल क्रिकेट संघका केन्द्रिय उपाध्यक्ष सन्जय सिंह, औषधी व्यवसायी संघ भेरी अञ्चलका अध्यक्ष तथा पुर्व खेलाडी अभय बस्नेत, पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष निरज गौतम लगायतले शुभकामना मन्तव्य दिएका थिए । प्रशिक्षणमा बाँके, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कन्चनपुर र जुम्लाका करिव २८ जना रेफ्रीको सहभागिता रहेको छ । पाँच दिन सम्म चल्ने प्रशिक्षणमा फिफा रेफ्री सुरेन्द्र शिख्राकार र सदिश पाण्डे तथा फिटनेश स्टक्टर किरण गिरीले प्रशिक्षण दिने कार्यक्रम रहेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिएका छन् ।

trainning 1

Womui
Womui