मन्त्री सिंहको पार्टी खारेज, तीन मन्त्रीको दललाई जरिवाना

37

काठमाडौं, फागुन २३–
निर्वाचन आयोगले लगातार ३ वर्ष सम्म आय÷व्यय विवरणको प्रतिवेदन पेस नगरेको भन्दै खानेपानी तथा सरसफाईमन्त्री प्रेम बहादुर सिंहको पार्टी खारेज गरेको छ । सिंहको समाजवादी जनता पार्टी सहित १५ वटा राजनीतिक दल दर्ता खारेज गरेको निर्वाचन आयोगले जनाएको छ । सिंहले भने आफ्नो पार्टी खारेज नभएको र आयोगले कानुन विपरित काम गरेको दावी गरेका छन् ।

उनले भने, ’निर्वाचन आयोगलाई यस्तो अधिकार छैन ।’ आयोगले निर्वाचन आयोग ऐन २०६३ को दफा २४ को उपदफा १ बमोजिम तीन बर्ष सम्म लगातार आय÷व्ययको विवरण नबुझाको र निर्धारित समय भित्र स्पष्टिकरण समेत पेस नगरेका कारण दल खारेज भएको प्रवक्ता वासुदेव गुरागाईंले बताए ।

यसैबीच आयोगले तीन मन्त्रीका पार्टी सहित विभिन्न १ सय २० पार्टीलाई समयमा आय÷व्यय नवुझाएकोले जरिवाना गरेको छ । आयोगले उनीहरुलाई १ सय रुपैंया जरीवाना गरेको छ । जरिवानामा पर्ने मन्त्रीका पार्टीहरुमा उपप्रधान तथा महिला बालबालिकामन्त्री सिपी मैनालीको नेकपा (माले), विज्ञान तथा प्रविधिमन्त्री विश्वेन्द्र पासवानको बहुजन शक्ति पार्टी र उद्योग राज्यमन्त्री मेघराज नेपालीको मधेस समता पार्टी छन् ।

Womui
Womui