‘अन्तराष्ट्रिय रोगले गर्दा कम्यूनिष्ट पार्टी फुटे: प्रचण्ड

71

नेपालगन्ज, फागुन २२–
एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तराष्ट्रिय रोगका कारण नेपालका कम्यूनिष्ट पार्टी फुट्ने गरेको बताएका छन् । समयसामयिक राजनीतिक विषयमा विभिन्न सरोकारवालासँग शनिबार नेपालगन्जमा अन्तरक्रिया गर्दै उनले भने, ‘यो रोगको उपचार नेपालीले मात्रै गरेर पुग्दैन, अन्र्तराष्ट्रिय स्तरमै उपचार खोज्नुपर्छ ।’ एकले अर्काको खुट्टा तान्ने प्रवृत्ती नरोकिदा सम्म रोग निको नहुने प्रचण्डले ठोकुवा गरे ।

समसामयिक राजनीतिक परिस्थितीका विषयमा बोल्दै पुष्पकमल दाहाल ।
समसामयिक राजनीतिक परिस्थितीका विषयमा बोल्दै पुष्पकमल दाहाल ।

‘अर्काको बद्नाम गरेपछि आफ्नो इज्जत आउँछ भन्ने संस्कृती हामीभित्र लुकेको छ,’ उनले असन्तुष्टी जनाउँदै भने । विचार मिल्ने कम्यूनिष्ट पार्टीहरु एक हुनुको विकल्प नरहेको बताए । ‘बैद्य जि लगायत माओबादी विचार भएका पार्टी एक भएरै छाड्छौं, मैले रोकेर पनि रोकिदैन, बैद्य जिले रोकेर पनि रोकिदैन,’ अध्यक्ष प्रचण्डले भने ।

Prachanda 2

राष्ट्रिय एकता र मुलुकको समृद्धीका लागि सबै दलहरु मिल्नुपर्ने बताए । ‘राष्ट्रलाई एकताको शुत्रमा बाँध्न र देशलाई छिटो आर्थिक विकासमा लैजान नेपाली कांग्रेस लगायत सबै राजनीतिक दल कम्तिमा पनि १० बर्ष सम्म मिल्न जरुरी ।’ पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नयाँ संविधान कार्यान्वयन प्रक्रियामा गइसकेको बताए । संविधान कार्यान्वयनका लागि ऐन÷कानुन बनाउने तयारी भइसकेको स्पष्ट पार्दै उनले शंका नगर्न उनको आग्रह छ ।

Prachanda 3

Womui
Womui