कांग्रेसको मतदान जारी, देउवाले पहिलो मत खसाले

48

काठमाडौं, फागुन २३–
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा वरिष्ठ नेता शेरबहादुर देउवाले पहिलो मत खसालेका छन् । राजधानीको प्रदर्शनी मार्ग्स्थित सभा गृहमा भएको मतदान बुथमा मत खसालेपछि देउवाले आफ्नो जित निश्चत भएको प्रतिकृया दिए । देउवासहित सभापति पदका उम्मेदवारहरू रामचन्द्र पौडेल र कृष्ण सिटौलाले पनि मतदान गरेका छन् ।

 Sherbahadur-Deuwa

पदाधिकारीका उम्मेदवारहरू अधिकांशले मतदान गरिसकेका छन् । मतदानका लागि प्रतिनिधिहरू लाइनमा छन् । मतदान केन्द्रमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आइतबार बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । मतदान अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।

Voting

Womui
Womui