बसको ठक्करबाट एकको मृत्यु

50

सप्तरी, फागुन २२–
सप्तरीको कंचनरुप नगरपालिका–५ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख १८०५ नंको बसले गएराति ठक्कर दिँदा चितवनको भण्डारा गाविस–१ बस्ने २५ वर्षीया सुरज पर्जाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनरुपका प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए । पर्जालाई रोकीराखेको ना ५ ख ८५० नम्वरको बसबाट ओर्लिने क्रममा पछाडिबाट आएको बसले ठक्कर दिएको हो । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाइएको र ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Womui
Womui