कांग्रेस महाधिवेशन : नीति र कार्यक्रममाथि छलफल

107

काठमाडौं, फागुन २२–
नेपाली कांग्रेसको १३ औं महाधिवेशनको तेस्रो दिन शनिवार पार्टीको नीति तथा कार्यक्रममाथि बन्द सत्रमा छलफल हुँदैैछ । शनिवार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा कार्यबाहक सभापति रामचन्द्र पौडेलले पेश गरेको पार्टीको नीति तथा कार्यक्रममाथि छलफल हुन लागेको हो । यसअघि शुक्रवारको बन्द सत्रमा पार्टीको नीति तथा कार्यक्रम, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाको सागठनिक र कोषाध्यक्ष चित्रलेखा यादवको आर्थिक प्रतिवेदन पेश भएका थिए । शनिवार विहान ९ बजेवाट सुरु हुने बन्द सत्रको पहिलो सत्र मध्यान्न १२ बजेसम्म चल्नेछ । त्यसपछि दुई घन्टाको विश्रामपछि दिउँसो २ बजेदेखि सुरु हुने बन्द सत्रबाट पार्टीको नीति तथा कार्यक्रम छलफलपछि पारित गर्ने तयारी कांग्रेसको छ ।

Congrdsh Banda satra

बन्द सत्र शनिवार बेलुकासम्म सकिने र भोलि नयाँ नेतृत्व चयनका लागि मतदान हुने प्रचार विभाग प्रमुख मिनेन्द्र रिजालले जानकारी दिए। उनका अनुसार महाधिवेशन लम्बिने सम्भावना कम रहेको छ । फागुन २३ गतेसम्म चल्ने महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। नयाँ नेतृत्व चयनका लागि भने राष्ट्रिय सभा गृहमा आगामी २३ गते विहान ९ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ । महाधिवेशनमा २ सय ४० वटा निर्वाचन क्षेत्रका २ हजार ८ सय ८०, १८ वटा भातृ संस्था र शुभेच्छुक संस्थाका ९८, विदेशस्थित १७ वटा जनसम्पर्क समितिका १ सय २६ तथा ८४ जना केन्द्रीय सदस्यसहित ३ हजार १ सय ८८ जना प्रतिनिधि सहभागी छन् ।

Womui
Womui