देउवालाई खुमबहादुर र कुलबहादुरको सर्मथन

33

काठमाडौं, फागुन २१–
नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर र कुलबहादुर गुरुङको समूहले वरिष्ठ नेता शेरबहादुर देउवालाई सघाउने भएको छ । खड्कालाई उपसभापति मनोनीत गर्ने आश्वासन देउवाले दिएका छन् । गुरुङ समूहले पुतलीसडकमा सम्पर्क कार्यालय खोलेर ‘हाम्रो समर्थन जसलाई हुन्छ त्यसैले सभापति जित्छ’ भन्दै संस्थापन र देउवासँग बार्गेनिङ गरिरहेका थिए ।

खुमबहादुर खड्का ।
खुमबहादुर खड्का ।

पार्टीलाई नयाा शिराबाट अघि बढाउन देउवालाई समर्थन गरेको यो समूहले जनाएको छ । देउवाको उम्मेदवारीमा गुरुङ प्रस्तावक छन् । सभापति दाबी गरेका कार्यबाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला नेताहरूलाई आफूतिर तान्ने दौडधुपमा छन् । अर्को समूहबाट आफ्नो खेमामा ल्याउन आफौ भेटेर वा दूत खटाएर नेता र प्रतिनिधि फकाउने अभियानमा उनीहरू छन् । नेताहरू राति अबेरसम्म भेटघाटमै व्यस्त थिए । समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Womui
Womui