ट्रयाक परिवर्तन गर्दै फरमुल्लाहद्धारा देउवालाई समर्थन

53

काठमाडौं, फागुन २१–
लामो समय संस्थापन पक्षमा रहेका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर बरिष्ठ नेता शेरबहादुर देउवाको क्याममा प्रवेश गरेका छन् । आफूले पार्टीलाई सबल र सक्षम बनाउन देउवालाई नै सर्वसम्मतीबाट सभापति बनाउनु पर्छ भन्ने प्रस्ताव राखेपनि त्यो सम्भव नभए देउवालाई नै सभापतिमा जिताउन आफू क्याम्पमा प्रवेश गरेको बताए ।

‘मैले १३ औं महाधिवेशनबाट कांग्रेसलाई एकताबद्ध बनाउनु पर्छ, सबल र सक्षम नेतृत्व दिनुपर्छ भनेर म संस्थापन पक्षमै रहँदा भनेको थिए त्यही अनुसार लागेको थिएँ, तर सम्भव भएन, त्यही कारण आज मैले देउवालाई सहमर्थन गर्न आएको हुँ,’ उनले भने । मन्सुर सांसद मधु शाहीका साथ शुक्रबार विहान देउवाको बुढानिलकण्ठस्थित निवासमै पुगेर सहयोग गर्ने घोषणा गरेका हुन् । घोषणा पछि देउवाले माला लगाइदिएर मन्सुरलाई स्वागत गरेका थिए । देउवाले माला लगाएर स्वागत गरेपछि मन्सुरले पनि देउवालाई माला लगाइदिएका थिए ।

Womui
Womui