रामचन्द्रको प्यानलमा सीतादेवी कोषाध्यक्षको उम्मेदवार

52

काठमाडौं, फागुन २१–
नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले आफ्नो प्यानलमा सिरहाकी सांसद सीतादेवी यादवलाई कोषाध्यक्षको उम्मेदवार बनाएका छन् । शुक्रवार बिहान भएको पौडेल समूहका नेताहरुको छलफलले यादवलाई कोषाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । नेतृ यादव सिरहा क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद पनि हुन् । उनी यसअघि सिरहा जिल्लाको पूर्व पार्टी सभापति थिईन् । यादवले दुई कार्यकाल सिरहा जिल्ला सभापति भएर काम गरिसकेकी छिन् ।

रामचन्द्र पौडेल ।
रामचन्द्र पौडेल ।

२०५८ सालमा पार्टी विभाजन हुँदा संस्थापन पक्षबाट जिल्ला सभापति हुने यादव पहिलो नेतृ हुन् । यसअघि बुधवार संस्थापन पक्षले सभापतिका लागि कार्यबाहक सभापति रामचन्द्र पौडेल र महामन्त्रीमा डा. शशांक कोइरालालाई उठाउने निर्णय गर्दै दुईजनालाई मात्रै समेटेर प्यानल घोषण गरेको थियो । वरिष्ठ नेता शेरबहादुर देउवाको प्यानलमा महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादव तथा महामन्त्री कृष्णप्रसाद सिटौलाको प्यानलमा महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरी रहेका छन् । सभापतिमा उठ्ने तयारी गरेकी नेतृ सुजाता कोईरालाले रामचन्द्रलाई सर्मथन गर्ने घोषणा गरिसकेकी छन् ।

Womui
Womui