कांग्रेस महाधिवेशनमा आजबाट बन्दशत्र

56

काठमाडौं, फागुन २१–
नेपाली कांग्रेसको १३ औं महाधिवेशनको दोस्रो दिन शुक्रबार (आज )बन्द सत्र सुरु हुँदैछ । शुक्रबार विहान ७ बजेदेखि दिउँसो १ बजेसम्मका लागि उम्मेदवारको मनोमनयको समय राखिएकाले बन्द सत्र सुरु हुन ढिलाइ हुने कांग्रेसले जनाएको छ । मनोनयन दर्ताको समय सकिएपछि भृकुटीमण्डपमा दिउँसो २ बजे बन्दसत्र सुरु हुनेछ । उम्मेदवारको मनोनयन दर्ता पार्टी कार्यालय सानेपामा राखिएको छ । बन्द सत्रमा कार्यबाहक सभापति रामचन्दै पौडेलले पेस गर्ने नीति तथा कार्यक्रममाथि छलफल हुने छ ।

Congresh 3

यसैगरी महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले पेश गरेको संगठनात्मक प्रतिवेदन तथा कोषाध्यक्ष चित्रलेखा यादवको आर्थिक प्रतिवेदनमाथि छलफल हुनेछ । बन्दसत्रले पार्टीको भावी नीति तथा कार्यक्रम तय गर्नेछ । महाधिवेशनमा २ सय ४० वटा निर्वाचन क्षेत्रका २ हजार ८ सय ८०, १८ वटा भातृ संस्था र शुभेच्छुक संस्थाका ९८, विदेशस्थित १७ वटा जनसम्पर्क समितिका १ सय २६ तथा ८४ जना केन्द्रीय सदस्यसहित ३ हजार १ सय ८८ जना प्रतिनिधि सहभागी छन् । फागुन २३ गतेसम्म चल्ने महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि भने राष्ट्रिय सभा गृहमा आगामी २३ गते विहान ९ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ ।

Womui
Womui