पौडेल र देउवाले हात मिलाएनन्

144

काठमाडौं, फागुन २१–
नेपाली कांग्रेसको १३ औं महाधिवेशन उद्घाटन सत्र निकै अस्तव्यस्त देखिन्थ्यो । कार्यक्रम सञ्चालक निकै अलमलमा परे । हरेक कार्यक्रम शुरु गर्दा शहीदहरुप्रति सम्मान र राष्ट्रियगानबाट शूरु गर्ने परम्परा रहेको छ । तर, त्यसलाई ख्यालै गरिएन् । शुरुमा गाउनुपर्ने राष्ट्रिय गान बजाउँदा बसेका सबैले उठन नै भ्याएनन् । महाधिवेशनमा शुभकामना दिन आएका स्वदेशी एवं विदेशी पाहुनाहरु कार्यक्रम सञ्चालनमा देखिएको अलमल र अस्त व्यस्तताप्रति कानेखुशी गरिरहेका थिए ।

Congresh 2

निर्धारित समयभन्दा ढिलो शुरु भएको कार्यक्रमको शूरुमा पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेल मञ्चमा देखिए । कार्यक्रम शुरु भएको आधा घण्टापछि सभापतिमा उम्मदवारी घोषणा गरेका देउवा आँउदा कार्यकर्ताले ताली बजाएर स्वागत गरेका थिए । कार्यक्रममा सहभागी हुन आएका अतिथीहरुलाई कांग्रेसले सामान्य व्याज र खादासमेत व्यवस्था गरेको थिएन । महाधिवेशनमा सभापतिका प्रत्यासी पौडेल र देउवाले हात मिलाउन मानेनन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

Womui
Womui