ट्रान्सफर्मर नजोडिदा टिटिहिरिया गाउँ अन्धकार

32

नेपालगन्ज, फागुन २०–
बाँकेको टिटिहिरियास्थित १ देखि ३ सम्मका वडा लामो समयदेखि अन्धकार बनेका छन् । बिद्युत प्राधिकरणको ढिलासुस्तीका कारण गाउँ अन्धकार भएका हुन् । ट्रान्सफर्मर पड्किएको करिब २० दिन भइसक्दा पनि नयाँ ट्रान्सफर्मर जडान नहुँदा गाउँ अन्धकार बनेको स्थानीय बासिन्दा एवम् अधिवक्ता केवलसिंह थारुले जानकारी दिए । उपभोक्ताहरु सुरुमा बिद्युत प्राधिकरणको कोहलपुरस्थित कार्यालयमा पुगेर पटक–पटक ध्यानाकर्षण गराएका थिए ।

त्यहाँबाट आलटाल भएपछि नेपालगन्जस्थित वितरण केन्द्रलाई आग्रह गर्दापनि जडान नभएको थारुले बताए । गाउँ बिद्युत बिहिन हुदाँ विजुलीबाट चल्ने सिचाईका मोटर, साना उद्योग लगायत साधनहरु बन्द भएको स्थानीय बासिन्दाको भनाई छ । ‘किसानले सिचाई गर्न पाएका छैनन, गाउँका मिल चल्न सकेका छैनन, साह्रै समस्या भइसक्यो,’ एक स्थानीयले दुखेसो पोख्दै भने । उक्त गाउँमा १ सय केभी क्षमताको ट्रान्स फर्मर जडान गर्नुपर्ने देखिएको छ । ‘गाउँका मान्छे धेरै नै आक्रोशित भइसकेका छन, अब उनीहरुमा धैर्यता टुटिसकेको छ,’ अधिवक्ता थारुले भने ‘बिद्युत प्राधिकरण घेराउ गर्नु बाहेक अर्को विकल्प छैन ।’

Womui
Womui