वेपत्ता युवतीको शव भेटियो

56

चितवन, फागुन २०–
मोबाइल फोनबाट आफै फोटो खिच्ने (सेल्फीलिने) क्रममा आइतबार नारायणगढ दियोलो क्लब पछाडि नारायणी नदीमा बगेर वेपत्ता एक युवतीको बिहीबार बिहान सवेरै शव फेला परेको छ । त्यसक्रममा दुई युवती बगेका थिए । जसमध्ये एकको तत्कालै जिवितै उद्धार भएको थियो। चितवन जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबारदेखि खोजी सुरु भएपनि चार दिनपछि युवतीको मृत शरीर फेला परेको हो।

नवलपरासी गैंडाकोट नगरपालिका–१६ कीविस्मिता ज्ञवाली र सोही ठाउँकी नम्रता सापकोटा आइतबार दिउँसो नदीमा बगेका थिए। नम्रताको तत्कालै उद्धार भएपनि विस्मिताको लाश भेटियो । विस्मिताको शव बिहीबार बिहानपाँच बजे खसेकै स्थानमा फेला परेको हो । बिहान माछा मार्न जानेहरुले देखेर प्रहरीलाई खबर गरेको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यानारायण थापाले जानकारी दिए ।

Womui
Womui