कांग्रेस महाधिवेशन आज, भव्य समारोहका बीच उदघाटन गरिदै

91

काठमाडौं, फागुन २०–
नेपाली कांग्रेसको १३ औं महाधिवेशन बिहीबार(आज) राजधानीमा सुरु हुँदैछ । राजधानीको खुलामन्चमा कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले दिउँसो १ बजे भव्य समारोहबीच १३औं महाधिवेशन उदघाटन गर्ने कार्यक्रम छ । सभापति सुशील कोइरालाको आकस्मिक निधनपछि कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै आएका पौडेलले पार्टी परम्परालाई निरन्तरता दिँदै महाधिवेशन उद्घाटन गर्न लागेका हुन् । ‘सुशीलको नेतृत्वमा बनायौं संविधान, समृद्ध राष्ट्र र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नारासाथ एक वर्ष ६ महिना ढिलो गरी हुन लागेको महाधिवेशनको उद्घाटनसत्रमा कांग्रेसले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई निमन्त्रणा गरेको छ ।

Nepali Congresh Mahadibesan

उद्घाटनमा सहभागी हुन विभिन्न देशका प्रतिनिधि काठमाडौं आइसकेका छन् । महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयनका साथै पार्टीले लिने नीति र कार्यक्रमसमेत टुंगो लगाउनेछ । फागुन २३ गते नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने महाधिवेशनको बन्दसत्र शुक्रबारबाट भृकुटीमण्डपमा हुनेछ । संविधान कार्यान्वयन र आर्थिक विकासलाई प्राथमिकतामा राखेर तयार गरेको नीति तथा कार्यक्रम शुक्रबारै बन्दसत्रमा पेस हुने जनाइएको छ । कांग्रेसले मञ्चको दायाँ–बायाँ पत्रकार र दर्शकदीर्घाको अग्रभागमा पार्टीका नेतालाई बस्ने व्यवस्था मिलाएको छ ।

नीतिभन्दा नेतृत्व चयनमै नेता–कार्यकर्ताको ध्यान केन्द्रित भइरहेका बेला बन्दसत्रमा महामन्त्री (प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला) को प्रतिवेदन, विधान संशोधन प्रस्ताव र कोषाध्यक्षको प्रतिवेदन पेस हुनेछ । बन्दसत्रमा पेस हुने सबै प्रतिवेदन केन्द्रीय समिति बैठकले सर्वसम्मतिले पारित गरिसकेको छ । ३ हजार १ सय ७० महाधिवेशन प्रतिनिधि सहभागी हुने महाधिवेशनमा २ सय ४० निर्वाचन क्षेत्रबाट २ हजार ८ सय ८० सहित १९ देशमा रहेका जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संगठनबाट प्रतिनिधि सहभागी हुनेछन् ।

Womui
Womui