बालबालिकालाई शैक्षिक सामाग्री वितरण

178

नेपालगन्ज, फागुन १९–
बाँकेको बैजापुर–९ पर्सामपुरस्थित प्रारम्भिक बाल विकास केन्द्रका बालबालिकालाई बाँके युनेस्को क्लबले ब्याग, पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको छ । बालविकास केन्द्रमा आयोजित एक समारोहमा जिल्ला शिक्षा कार्यालयका श्रोतव्यक्ति बिष्णु शर्मा, बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी लगायतले उक्त सामाग्री वितरण गरेका हुन् । प्रत्येक बालबालिकालाई एक थान ब्याग, १० वटा कपी, ४ वटा पेन्सिल, एउटा कटर तथा एक जोर बिद्यालय पोशाक दिइएको क्लबले जनाएको छ ।

सो अवसरमा बोल्दै श्रोतब्यक्ति शर्माले विकट स्थानमा पनि समुदायले आफ्नै पहल र लगानीमा बालविकास केन्द्र सञ्चालन गरेको भन्दै प्रशंसा गरे । बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरेकोमा क्लबप्रति आभार प्रकट गरे । साना बालबालिकाका लागि सञ्चालन गरिएको केन्द्रलाई यस बर्षबाट सरकारी मान्यताका लागि आफुले सक्दो प्रयास गर्ने उनले प्रतिवद्धता जनाए ।

शैक्षिक सामाग्री वितरण गर्दै क्लबका अध्यक्ष प्रवेजअली सिद्दिकी ।
शैक्षिक सामाग्री वितरण गर्दै क्लबका अध्यक्ष प्रवेजअली सिद्दिकी ।

यस्तै बाँके युनेस्को क्लबका अध्यक्ष सिद्दिकीले बालविकास केन्द्रलाई सहयोग गर्ने कुनै परियोजना नभएपनि पर्सामपुरका बासिन्दाको त्याग र शिक्षाप्रतिको आकर्षणले गर्दा संस्थाले आफ्नो आन्तरिक कोषबाट सहयोग गरेको प्रष्ट्याए । केन्द्रलाई जिल्ला शिक्षा कार्यालयले दर्ता गरेर अन्य सहयोग उपलब्ध गराउनुपर्ने माग गरे ।

सो अवसरमा बोल्दै बैजापुर गाविस बाल संरक्षण समितिका अध्यक्ष तुलसीराम थारुले बालबालिकाको संरक्षणमा बाँके युनेस्को क्लबले धेरै पहिलेदेखि उल्लेख्य काम गर्दै आएको बताए । बालविकास केन्द्र ब्यवस्थापन समिति अध्यक्ष कान्छा चौधरी, बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, कार्यकारी निर्देशक रवि तुलाधर, कार्यक्रम संयोजक शंकरसिंह थारु लगायतको उपस्थिती रहेको थियो ।

Womui
Womui