उधारोमा रक्सी नदिदाँ हत्या

210

रुकुम, फागुन १८–
हत्या भएको करिव डेढ महिनापछि रुकुम प्रहरीले एक जना आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । रुकुम खोलागाउँकी १७ बर्षिया सुस्मिता शाहको हत्यामा संलग्न रहेको आरोपमा सोही ठाउँका २५ बर्षिय यामबहादुर नेपाली, १६ बर्षिय ज्ञानेन्द्र राना र १५ बर्षिय प्रेम खड्कालाई सार्वजनिक गरिएको हो । सुस्मिताको गत माघ ४ गते हत्या भएको थियो । उधारोमा रक्सी नदिएको निहुँमा सुस्मिताको हत्या गरेको अभियुक्तहरुले बयान दिएको प्रहरी नायब उपरिक्षक रुपेश खड्काले जानकारी दिए । ‘हत्यामा संलग्न सबैले सुस्मिताको पसलमा रक्सी सेवन गरेको र उधारोमा थप रक्सी माग्दा सुस्मिताले नदिएकाले हत्या गरेको उनीहरुले बयान दिएका छन,’ उनले भने ।

IMG_0962

सोही दिन बेलुका साढे ६ बजे घर नजिकैको सामुदायिक वनबाट दाउरा लिएर आउने क्रममा सर्केनास्थित बुगाखोलामा सुस्मिताको हत्या भएको थियो । प्रहरीका अनुसार दाउरा लिएर आउँदै गरेकी सुस्मितामाथि आक्रमण गरी उनीसँग भएको सल घाटीमा बेरेर केही अगाडी सम्म लतार्दै लगेर हत्या गरेको बयानबाट खुलेको छ । लामो समयको अनुसन्धानपछि पक्राउ परेका मध्ये ३ जना घटनामा प्रत्यक्ष संलग्न रहेको पाइएको र अझै अनुसन्धान कार्य जारी रहेको डिएसपी खड्काले बताए । अनुसन्धानका क्रममा प्रहरीले गाउँका धेरैलाई प्रक्राउ गरेको थियो । यसअघि सामुहिक बलात्कारपछि हत्या गरिएको भनिएपनि प्रहरीले भने बलात्कार भएको पुष्टी भइ नसकेको जनाएको छ । यसविषयमा प्रहरी केन्द्रीय कार्यालयमा रहेको फरेन्सिक ल्याबबाट रिपोर्ट नआएसम्म केही भन्न सकिने अवस्था नरहेको खड्काको भनाई छ ।

Womui
Womui