प्रधानमन्त्रीको भ्रमणबाट परिवर्तन नआएको ज्ञवालीको जोड

39

दाङ, फागुन १७–
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्रीको भारतभ्रमणले भारतसँगको सम्वन्धमा खासै परिवर्तन नआएको बताएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणमा भएका उपलब्धीलाई उनले सामान्य भनेका छन् । प्रेस चौतारी दाङले सोमबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले यस्तो बताएका हुन । उनले भने, ‘अझैं ढुक्क हुने अवस्था छैन ।’

प्रधानमन्त्रीले कुनै ठूलो अपेक्षा राखेर भारत भ्रमण नगरेको भन्दै उनले ठूलो केही उपलब्धी पनि हुन नसकेको बताए । प्रधानमन्त्रीको भारतभ्रमणले खासै उपलब्धी ल्याउन नसकेपनि आगामी चीन भ्रमण नेपालका लागि फलदायी हुनुपर्ने ज्ञवालीको भनाइ छ । प्रधानमन्त्रीको आगामी हुने चीन भ्रमणका क्रममा व्यापारिक सम्झौताहरु अघि बढाउनुपर्नेमा जोड दिए । अहिलेको नाकाबन्दीबाट भारतीय शासकहरु पनि केही सोच्न बाध्य भएको भन्दै अब नेपालले पनि आत्मनिर्भरताको बाटोमा अघि बढ्नुपर्ने बताए ।

Womui
Womui