बाँकेमा सवा ५ अर्व बजेट सार्वजनिक

61

नेपालगन्ज, फागुन १७–
बाँकेमा आर्थिक वर्ष २०७३/७४ का लागि ५ अर्व १७ करोड ७१ लाख ६३ हजार ९ सय ३९ रुपैयाँको स्वीकृत बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । सोमबार आयोजित २५ औं जिल्ला परिषदमा स्थानीय विकास अधिकारी जीवलाल भुसालले प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेट मध्ये ३ अर्व ४० करोड ७३ लाख ७ हजार ९ सय ४७ रुपैयाँ(६५.८१) प्रतिशत पूंजीगत र चालुतर्फ १ अर्व ७६ करोड ९८ लाख ५५ हजार ९ सय ९२ रुपैयाँ (३४.१९ प्रतिशत) रहेको छ । सरकारी कार्यालय र संस्थानतर्फ ४ अर्व ४० करोड ६१ लाख ६५ हजार ७ सय २८ तथा गैर सरकारी संस्थातर्फ ७७ करोड ९ लाख ९८ हजार २ सय ११ रुपैयाँ बजेट विनियोजन गरिएको भुसालले बताए ।

Parisad 1

खानेपानी तथा सरसफाई राज्यमन्त्री दिनेशचन्द्र यादवले उद्घाटन गरेको परिषदमा बाँकेका सांसदहरु देवराज भार, दलबहादुर सुनार, अब्दुल हमिद सिद्धिकी, आशा बिक, सर्वतआरा खानम, गौरा प्रसाई, गिता सिंह, अन्जना चौधरी, बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक, जिल्लामा क्रियाशिल विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधी, गाविस सचिव, सरकारी तथा गैर सरकारी संघ, संघ, संस्थाका प्रमुख तथा प्रतिनिधी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

Parisad 2

Parisad 3

Parisad 4

सबै तस्बिरहरु : भिष्म लोध/नेपालगन्ज

Womui
Womui