विमानभित्र बम भएको हल्लाले एयरपोर्ट बन्द

41

काठमाडौं, फागुन १७–
सिम्रिक एयरको विमानमा बम भएको आशंकामा लुक्ला विमानस्थल बन्द गरिएको छ । काठमाडौंबाट लुक्ला गएको सिम्रिक एयरको विमान लुक्लामा ल्याण्डगरेपछि विमानको काग्रोभित्र ‘यो काग्रोमा संवेदनशील बस्तु छ,’ लेखेको चिठ्ठी फेलापरेपछि विमानभित्र बम रहेको आशंक गरिएको थियो । सो चिठ्ठी फेलापरेपछि प्रहरीको बम डिस्पोजल टोलीले काग्रोभित्र खानतलासी गरेको थियो । सो क्रममा काग्रोभित्र कुनै पनि संवेदनशील वस्तु फेला नगरेको नेपाल नागरिक उड्यान प्राधिकरणका अधिकारीले बताएका छन् । उनका अनुसार काग्रोभित्र केही फेला नगरेपछि विमानलाई विमानस्थलमै रोकेर चेक जाँच भइरहेको छ ।

Womui
Womui