‘बाबुरामको नयाँशक्ति कक्टेल मदिरा जस्तो’ : रायमाझी

91

बुटवल, फागुन १६–

एमाओवादी सचिव एवम् उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पूर्व एमाओवादी नेता एवम् प्रधानमन्त्री डा.बाबुराम भट्टराईद्वारा गठित नयाँ शक्तिलाई कक्टेल मदिराको संज्ञा दिएका छन् । उनले उक्त दलमा संगठित भएका केन्द्रिय परिषदका नेताहरुलाई दलहरुले दान दिएका गाईको संज्ञा समेत दिएका छन् । राजावादी, नेपाली कांग्रेस, एमाले र एमाओवादीमा असन्तुष्ट कार्यकर्ता नयाँ शक्तिमा गएको भन्दै रायमाझीले उनीहरुलाई मातृ दलहरुले दान दिएका गाईसँग तुलना गरेका छन् ।

Topbahadur-Rayamajhi

यस्ता व्यक्तिबाट मुलुक समृद्धि नहुने उनको धारणा छ । अखिल क्रान्तिकारीको बुटवल वहुमुखी क्याम्पसमा आइतवार आयोजित भेटघाट तथा प्रशिक्षण कार्यक्रममा रायमाझीले उक्त कुरा बताएका हुन् । एमाओवादीमा रहँदा बावुरामका घनिष्ठ सहयोगी रायमाझीले बावुरामले माक्र्सवाद त्यागेर भूल गरेको पनि बताए ।

एमाओवादी फेरि पहिलो दल बन्ने उनको दावी छ । यसैवीच सैनामैना उच्चमाविको वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै रायमाझीले प्राविधिक र व्यवहारिक शिक्षा नीतिमा जोड दिए । उनले एक हजार ५ सय मेघावाट विद्युत उत्पादन भएमा मुलुक लोडसेडिङ मुक्त हुने बताए । अहिले ६ सय मेगावाट मात्र उत्पादन भएको पनि बताए । उत्पादन बढाउन प्रयत्न भइरहेको समेत बताए ।

Womui
Womui