कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुन्छ : बिजुक्छे

143

भक्तपुर, फागुन १६–
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेसको महाधिवेशन पछि सरकार परिवर्तन हुने जिकिर गरेका छन् । रफत सञ्चार क्लबले आइतबार आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले यस्तो बताएका हुन् । कांग्रेस महाधिवेशनपछि कांग्रेस नेतृत्वमा एमाओवादी, मधेस केन्द्रित, एमाले लगायतदलको सहकार्यतामा सरकार गठन हुनेमा जोड दिए ।

narayanman-bijukchhe Pic

नेपालमा संविधान जारीभएसँगै भारतले गरेको अघोषित नाकाबन्दी र प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणले नेपाल र नेपालीकालागि कुनै फरकपन देखा नपरेको भन्दै भारतसँगको सम्बन्ध सुधारकालागि गरिएको भ्रमणले सम्बन्ध सुधार गर्न नसकेको उनको भनाइ थियो । तराई आन्दोलन तराइका कामदार वर्गकालागि भन्दापनि सीमित कालो बजारी गर्ने र बारम्बार सरकारमा सामेल भएका मधेसी दलले लाभ लिने उद्देश्यका भएको आरोप लगाए । सरकारले तराई आन्दोलनका क्रममा प्रहरी चौकी र सेनाफिर्ता बोलाएर तराइको जनधनको असुरक्षा बढाएको जिकिर गरे ।

Womui
Womui