पाइलट दिनेशको अन्त्यष्टी गरियो-( फोटा फिचर )

119

नेपालगन्ज, फागुन १६–
कालिकोटको चिलखाया–२ मा भएको जहाज दुर्घटनामा ज्यान गुमाएका पाइलट दिनेश न्यौपानेको आइतबार बाँकेमा अन्त्येष्टी गरिएको छ । नेपालगन्ज–१६ कोरियनपुरस्थित उनको घरमा श्रदाञ्जली दिइसकेपछि हिन्दु परम्परा अनुसार बाँकेको कम्दीस्थित सिधनियाघाटमा लगेर अन्त्यष्टी गरिएको हो । प्रहरीको स्कटिङमा शव सिधनियाघाटमा पुर्याइएको थियो । अन्त्यष्टीमा ठुलो संख्यामा आफन्त, इष्टमित्र, शुभेच्छुक लगायतको उपस्थिती रहेको थियो । त्यसअघि कोरियनपुरस्थित न्यौपानेको घरबाट ठूलो संख्याका मलामीसहित शवयात्रा निस्केको थियो ।

Dinesh Neupane 0

सार्वजनिक भित्ता, मलामीका गाडी, मोटरसाइकलमा ‘सहासी क्याप्टेन स्वर्गीय दिनेश न्यौपाने अमर रहुन्’ सन्देश लेखिएका प्लेकार्ड टाँसिएको थियो । स्वर्गिय दिनेशको शव ‘अटप्सी’ परिक्षणका लागि शनिबार राजधानी लगिएकोमा अटप्सी परिक्षण पश्चात आइतबार बिहान नेपालगन्ज ल्याइएको हो ।

Dinesh Neupane 1

श्रदाञ्जली दिन घरमा उपस्थित आफन्त, इष्टमित्र, शुभेच्छुक लगायतले मन थाम्न सकेनन् । घरको प्राङगनमा श्रदाञ्जली दिनेको ठुलो भिड लागेको थियो । सबैका आँखाबाट आँसु बगेको थियो । दिनेशलाई श्रदाञ्जली दिन पुगेका अधिकांसले जहाज दुर्घटनामा चालक दलका सदस्यद्धयले देखाएको साहसीपुर्ण कामको खुलेरै प्रशंसा गरे । राज्यले उनीहरुलाई सम्मान दिनुपर्ने माग गरेका छन् ।

Dinesh Neupane 2

Dinesh Neupane 4

Dinesh neupane 3

Womui
Womui