चन्द नेतृत्वको प्यानल पुनरावेदन बारमा विजयी

41

नेपालगन्ज, फागुन १५–
पुनरावेदन बार एशोसिएशन नेपालगन्जमा वृहत लोकतन्त्रवादी समावेशी कानुन व्यवसायीको पुरै प्यानल विजयी भएको छ । प्रमुख निर्वाचन अधिकृत लक्ष्मणप्रसाद पराजुलीका अनुसार पुनरावेदन बारको अध्यक्षमा अधिवक्ता बलबहादुर चन्द १ सय ३७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी प्रगतिशिल प्यानलका विकास आचार्यले १ सय १० मत प्राप्त गरेका छन् ।

Bal Bdr

यस्तै उपाध्यक्षमा ओमप्रकाश त्रिपाठीले १ सय ३१, सचिवमा कृष्णप्रसाद जैसीले १ सय ५५ तथा कोषाध्यक्षमा निर्वाचित रिजवान अहमद मिर्जाले १ सय ३३ मत प्राप्त गरे । यसैगरी सदस्यहरुमा प्रभावकर भट्टराई, देवीमाया खत्री, सतिषचन्द्र थारु, सुदिप भट्टराई, हरिषचन्द्र सिजापति, रुपनारायण विसी, श्रीकृष्ण थारु, कपिलजंग शाह, राघव कार्की, वसन्तकुमार श्रेष्ठ, राजाराम अधिकारी, राजाराम थारु र सुर्जलाल थारु निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत पराजुलीले जानकारी दिए ।

Womui
Womui