स्वास्थ्य सेवा दिवसमा विविध कार्यक्रम

122

नेपालगन्ज, फागुन १५–
चौथो स्वास्थ्य सेवा दिवस नेपालगन्जमा प्रभात फेरी लगायतका कार्यक्रम गरी मनाइएको छ । जिल्ला जनसस्थ्य कार्यालय बाँकेको अगुाईमा दक्ष जनशक्ति, गुणस्तरिय स्स्वास्थ्य सेवा, सबैका लागि टेवा भन्ने मुख्य नारासहित शनिबार विहान जनस्वास्थ्य कार्यालयबाट प्रभातफेरी निकालियो । निशुल्क गुणस्तरिय स्वास्थ्य सेवा नागरिकको अधिकार, स्वस्थ समाजको परिकल्पना हामी सबैको चाहना भन्ने नारा लेखिएको प्लेकार्डसहितको ¥याली गणेशमान चौक हुँदै सुर्खेतरोड,विपीचौक पुगेर सभामा परिणत भएको थियो । सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवं भेरी अञ्चल अष्पतालका प्रमुख डा श्याम सुन्दर यादवले स्वास्थय सेवा सबैका लागि भएकाले सरकारसँगै सस्थ्यकर्मी र आम नागरिक पनि जिम्मेवार हुनुपर्ने बताए ।

नेपाल स्वास्थ्य कर्मी संघ केन्द्रीय कार्यसमितिका उपाध्यक्ष अंगद शाहीले स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रमा पनि राजनीतीकरण गर्न खोजिएको भन्दै विधी विधान अनुसार चल्नु पर्ने आवश्यक्ता औल्याए । जनस्वास्थ्य कार्यालयका निमीत्त प्रमुख सरोज शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी यूनियन संघ बाँकेका सचिव राजेश सेन, नेपाल स्वास्थ्यकर्मी मध्यपश्चिाम क्षेत्रीय अध्यक्ष हरिहर तिवारी, प्रगतीशिल स्वास्थ्यकर्मी संगठनका केन्द्रीय सदस्य मानबहादुर नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Womui
Womui