पुनरावेदन बारको निर्वाचन जारी, मत परिणम आजै

36

नेपालगन्ज, फागुन १५–
नेपालगन्जस्थित पुनरावेदन बार एशोसिएशन निर्वाचन शनिबार जारी छ । बार एशोसिएशन भनवमा बिहान ९ बजेबाट मतदान सुरु भएको हो । मतदान अपरान्ह ४ बजे सम्म चल्ने निर्वाचन समितिले जनाएको छ । उक्त निर्वाचनमा कुल २ सय ८५ जना मतदाताले मतदान गर्ने प्रमुख निर्वाचन अधिकृत लक्ष्मणप्रसाद पराजुलीले जानकारी दिए । निर्वाचनमा लोकतन्त्रवादी र प्रगतिशिल कानुन व्यवसायीबीच दुई वटा प्यानल बनेका छन् ।

Bar Election Pic 1

अधिवक्ता बलबहादुर चन्दको नेतृत्वमा ‘वृहत लोकतन्त्रवादी समावेशी कानुन व्यवसायी समुह र अधिवक्ता विकास आचार्यको नेतृत्वमा प्रगतिशिल कानुन व्यवसायी समुह चुनावी प्रतिस्पर्धामा रहेको छ । दुबै जना पुनरावेदन बारका पुर्व सचिव हुन् । निर्वाचनबाट १७ सदस्यीय नयाँ कार्यसमिति पदाधिकारी निर्वाचित हुनेछन् ।

Bar Election Pic 2

मतदान सकिए लगत्तै अपरान्हबाट मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा कुल ६ जना वरिष्ठ अधिवक्ताले पनि चन्द नेतृत्वको प्यानललाई समर्थन गरेका छन् । वरिष्ठ अधिवक्ताहरु इन्द्रजित तिवारी, गिरबरप्रसाद अग्रवाल, आनन्द श्रेष्ठ, भोलासिंह हमाल, विजय गुप्ता र बभु्र बाहनसिंह बस्नेतले लोकतन्त्रवादी कानुन व्यवसायीको प्यानललाई आफुले भोट हाल्ने र अरुलाई पनि हाल्न लगाउने घोषणा गरेका थिए ।

Bar Election Pic 3

Bar Election Pic 4

Bar Election Pic 5

Womui
Womui