जहाज दुर्घटनाका घाईतेको नेपालगन्जमा

118

नेपालगन्ज, फागुन १४–
कालिकोटमा शुक्रबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका चालक दलका दुई सदस्यको शव नेपालगन्ज ल्याइएको छ । दुर्घटनामा पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको मृत्यु भएको थियो । पाइलट न्यौपाने नेपालगन्ज–१६ कोरियनपुर र को–पाइलट राना पाल्पा स्थायी घर भई हाल काठमाडौं निवासी हुन् ।

Ghaite pic

दुर्घटनामा घाईते भएका ९ जनालाई पनि हेलिकप्टरमार्फत नेपालगन्ज ल्याइएको छ । दुर्घटनामा परी जुम्ला चन्दननाथ नगरपालिका वडा नम्वर ६ निवासी ३५ बर्षिय मेघराज गिरी, सोही ठाउँका २५ बर्षिय जगदम्वा खत्री(गिरी) र छोरा अनिल गिरी, चन्दननाथ नगरपालिका वडा नम्वर ७ बस्ने ३७ बर्षिय गणेश भट्टचन, सोही ठाउँका १६ बर्षिय सोनाली भट्टचन, चन्दननाथ–६ बस्ने ३० बर्षिया लक्ष्मी सुनार, नुवाकोट थाङ–३ निवासी धुव्रप्रसाद भण्डारी, जुम्ला पटमारा–७ का ३४ बर्षिय लक्ष्मण खड्का र जुम्ला चन्दननाथ–५ का ३१ बर्षिय धनन्जय खत्री घाइते भएका छन् ।

Udwar

घाईतेको शिक्षण अस्पताल कोहलपुरमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि शुक्रबार राती नेपालगन्जस्थित शिक्षण अस्पतालमा ल्याइएको छ । नेपालगन्जबाट शुक्रबार दिउँसो १२ः१५ बजे जुम्लाका लागि उडेको ढल्ब् व्द्य जहाज १२ः २७ बजे सम्पर्क विहिन भएको थियो । कालिकोटको चिलखाया गाविस वडा नम्वर २ मा दुर्घटनामा परेको थियो । जहाजमा प्राविधिक समस्या आएपछि फोर्स ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।

Plane Crash photo 1

Womui
Womui