नेपालगन्जमा विपत व्यस्थापन गर्न भण्डारगृह

164

नेपालगन्ज, फागुन १४–
प्राकृतिक आपतकालिन खोज तथा उद्धार पुर्व तयारीका लागि नेपालगन्जमा क्षेत्रीय स्तरको भण्डारगृह सञ्चालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिकाले नगरमा सञ्चालन गरेको शहरी जोखिम व्यवस्थापन कार्यक्रम अन्र्तगत विपत पुर्व तयारी सामाग्री भण्डारणका लागि निर्मित गोदामको बिहीबार औपचारिक शुभारम्भ गरियो । उपमहानगरपालिकाका अनुसार उक्त भवन ९ लाख ६८ हजार ९ सय १५ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । उक्त भवनमा ट्यूव, लाइफ ज्याकेट, प्लाष्टिक डोरी, स्टे«चर, ट्वाइलेट प्यान, पीउस लगायत २१ लाखको आवश्यक सामागी भण्डारण गरिएको छ ।

उद्घाटन मन्तव्य दिदै स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही ।
उद्घाटन मन्तव्य दिदै स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही ।

उपमहानगरपालिका परिसरमा निर्मित भण्डारगृहको संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीले उद्घाटन गरिन् । समारोहलाई सम्वोधन गर्दै उनले कुनैपनि विपतको चुनौतीसँग भागेर नभई डटेर सामना गर्नुपर्ने बताईन् । प्राकृतिक विपतिसँगै मानव सिर्जित विपति पनि बढ्दै गएको भन्दै उनले हरेक विपतिको रोकथाम र न्यूनिकरण एकल पहलले सम्भव नहुने भन्दै सामुहिक हातेमालोको आवश्यक्ता औल्याईन् । विपतिबाट जोगीन स्वयम् व्यक्ति पनि सम्वेदनशिल र सचेत रहनुपर्ने सुझाव दिदै उनले स्थानीय समुदाय, संस्था र सरकारबीच पनि समन्वय र सहकार्यको खाँचो रहेको बताईन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले नेपाल भारत सीमास्थित निर्माण गरिएको भारतीय बाँध र सडकका कारण नेपालगन्ज लगायतको क्षेत्र डुवानमा पर्दै आएको उल्लेख गर्दै सो को दिर्घकालिन समाधानतर्फ लाग्न ध्यानाकर्षण गराए । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै उपमहानगरपालिकाका निमित्त कार्यालय प्रमुख मोहन हमालले डेढ महिनादेखि कार्यकारी अधिकृत नहुँदाको अप्ठ्यारो अब धेरै दिन थेग्न नसकिने गुनासो पोखे । उनले तत्काल कार्यकारी अधिकृत पठाउन राज्यमन्त्री समक्ष जोडदार माग गरे । सो अवसरमा स्थानीय विकास अधिकारी जीवलाल भुसाल, बीगु्रपका अध्यक्ष राजकुमार क्षेत्री लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन उपमहानगरपालिकाका सूचना शाखा अधिकृत ओवीराज आचार्यले गरेका थिए । राज्यमन्त्री शाहीले नगर सूचना केन्द्र र विपद व्यवस्थापन सूचना केन्द्रको पनि अवलोकन गरेको उपमहानगरपालिकाले जनाएको छ ।

Womui
Womui