शव संकलनका लागि उद्धारकर्मी घटनास्थलमा

99

पोखरा, फागुन १३–
तारा एयरको जहाज दुर्घटनाग्रस्त स्थल म्याग्दीको दाना गाविसको तिर्खेढुंगामा शव संकलनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गएको छ । मौसम खरावीका कारण बुधबार गएको टोली फर्किएपछि बिहीवार बिहान फेरि टोली त्यसतर्फ गएको हो । जहाज दुर्घटनास्थलमा १९ वटा मात्र शव भेटिएको म्याग्दी प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिए । ४ वटा शव सोलीघोप्टे भीरमा देखिएको उनले बताए ।

Tara Air Accident

भीरमा रहेको शव निकाल्न तालिमप्राप्त मानिसहरु झिकाइएको उनले बताए । दुर्घटनास्थलमा पुगेको टोलीले दुर्घटना भएको नजिकै हेलीप्याड बनाइरहेको छ । त्यसपछि थप सहायतका लागि डाइनेष्टी एयरको हेलिकप्टर त्यहाँ जानेछ । पोखराबाट जोमसोमका लागि हिजो बिहान उडेको जहाज एक्कासी सम्पर्क विहिन भएको थियो । दिउँसो जहाज तिर्खेढुंगामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । जहाज दुर्घटनामा परेकाहरुको शवलाई आजै काठमाडौं पठाइने खड्काले बताए ।

Womui
Womui