कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

85

नेपालगन्ज, फागुन १४–
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । खजुरारोड स्थित पिपलचौतारा नजिकैबाट बिहीबार बेलुका जिल्लास्थित फैसला कार्यान्वयन समितिको टोलीले खजुराखुर्द–१ निवासी २५ बर्षिय विजयकुमार बर्मालाई पक्राउ गरेको हो । उनलाई अदालतले ८ वर्ष १० महिना १७ दिन जेल सजाय तोकेको थियो । बर्मालाई वडा प्रहरी कार्यालय नेपालगन्जको हिरासतमा राखिएको छ । प्रतिवादीलाई शुक्रबार अदालत समक्ष बुझाएर कारागार चलान गरिने वडा प्रहरी कार्यालयले जनाएको छ ।

Womui
Womui