कांग्रेस केन्द्रीय समिति बैठक आज

55

काठमाडौं, फागुन १३–
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा आसन्न १३ औं महाधिवेशनको तयारीका विषयमा छलफल हुने बताइएको छ । यसअघि मंगलबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टीको नीति तथा कार्यक्रमका विषयमा छलफल भएको थियो । विधान संशोधनका विषयमा छलफल हुने भनिएपनि विधान समितिका संयोजक अनुपस्थित भएपछि छलफल अघि बढेको थिएन ।

NC

बिहीबारको बैठकमा पनि विधान परिमार्जनका विषयमा छलफल हुने सम्भावना कम रहेको नेताहरुले बताएका छन् । संस्थापन पक्षले पदाधिकारी थपेर केन्द्रीय समितिको आकार बढाउने तयारी गरेपनि देउवा पक्षले त्यसको विरोध गर्दै आएको छ । देउवा पक्षले गुट व्यवस्थापनका नाममा पदाधिकारीको संख्या बढाउन नसकिने बताउँदै आएको छ । विधान समितिले प्रादेशीक संरचना अनुरुपमा पार्टीलाई लैजानु पर्ने भन्दै केन्द्रीय समितिको आकारलाई बढाएर ९७ सदस्यीय पुर्याउने प्रस्ताव गरेको छ । कांग्रेसको हाल ८५ सदस्यीय समिति छ ।

Womui
Womui