होटलमा अनैतिक काम गर्ने पक्राउ

44

नेपालगन्ज , फागुन १३–
नेपालगन्ज–५ बसपार्कस्थित मञ्जु होटलमा अनैतिक क्रियाकलापमा संलग्न महिला र पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालयबाट खटिएको प्र्रहरीले होटलमा छापा मार्दा ६ जना पुरुष र ३ जना महिलालाई पक्राउ गरेको प्रहरी निरिक्षक रामबहादुर चन्दले जानकारी दिए । महिला र पुरुष सहित होटलको सञ्चालिका लाई पनि नियन्त्रणमा लिइएको उनले बताए । ‘होटलमा फेला परेका महिला र पुरुष सहित सञ्चालितकालाई पनि पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएको छु,’ उनले भने । प्रहरीले उनीहरुको नाम र ठेगाना भने गोप्य राखेको छ ।

Womui
Womui