ताराको जहाज अझै सम्पर्क विहिन, उद्धार गर्न कठिनाई

111

पोखरा, फागुन १२—
तारा एयरको जहाज अझैपनि सम्पर्क विहिन बनेको छ । खोजी तथा उद्धारका लागि गएका दुई वटै हेलिकोप्टर पोखरा फर्किएका छन् । खराब मौसमका कारण जहाज खसेको शंका गरिएको म्याग्दीको रुप्से पुग्न नसकेपछि हेलिकोप्टर फर्किएको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काँशीनाथ पौडेलले बताए ।

Tara Air pic

खोजीका लागि एयर डाइनेस्टी र नेपाली सेनाको हेलिकोप्टर बिहान ८ बजे पोखराबाट गएका थिए । ‘खराब मौसमका कारण खोजी गर्न नसकेपछि दुवै हेलिकोप्टर फर्किएका छन, खोजीको नयाँ रणनीति बनाउँदैछौं,’ पौडेलले भने । पोखरादेखि जोमसोमका लागि उडेको तार एयरको 9NAHH कल साइनको ट्विन अटर जहाज ८: १० बजे ल्यान्ड हुनुपर्ने थियो । सो समयमा विमानले जोमसोम टावरलाइ सम्पर्क नगरेपछि खोजी सुरू भएको हो ।

विमानमा चालकदल र यात्रु सहित २३ जना सवार छन् विमान क्याप्टेनमा रोशन मानन्धर र को पाइलट डिकेस नेम्कुल एवं परिचारिका रोमा राउत छन् । जहाजमा चिनियाँ र कुवेती नागरिक सहित २० जना यात्रु छन् । उडेको ८ मिनेटपछि जहाजले टावरसँग सम्पर्क गुमाएको थियो । जोमस पुग्न जहाजबाट २० मिनेटको हवाई दुरि रहेको छ ।

Womui
Womui