सागका पदक विजेतालाई अर्को सम्मान

161

नेपालगन्ज, फागुन ११–
दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा कांस्य पदक विजेता सरोज पुनलाई सम्मान लिन भ्याई नभ्याई भएको छ । गृह जिल्ला आए लगत्तै उनलाई विभिन्न संघ, संस्थाले स्वागत र सम्मान गर्न सुरु गरेका हुन् । सोमबार नेपालगन्ज–२७ वसन्तपुरस्थित म्याक्सो स्पोटर््स क्लबबाट सम्मान ग्रहण गरेका सरोजले मंगलबार नेपाल मगर विद्यार्थी संघ बाँकेद्वारा सम्मानित भए । नेपाल मगर विद्यार्थी संघ बाँकेका अध्यक्ष भिमा थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल मगर विद्यार्थी संघ केन्द्रिय अध्यक्ष दिपा आलेमगरले सरोजलाई नगद सहित सम्मान पत्र प्रदान गरिन् ।

Samman Pic 1

उस्सुको ६५ किलो तौल (सान्सो विधा)मा पदक जितेर देशको इज्जत र समग्र मगर समुदायको शिर उच्च पार्ने काम गरेको भन्दै मुल्यांकन स्वरुप सम्मान प्रदान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि दिपाले सरोजको विजयी मगर समुदायका लागि अनुकरणीय भएको बताईन् ।

Samman Pic 2

उक्त कार्यक्रममा विशिष्ट अतिथि एवम् मगर संघ बाँकेका अध्यक्ष धनसिंह रानामगर, नेपाल आदिवासी जनजाति महासंघ बाँके अध्यक्ष डम्बर थापा, नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सल्लाहकार उमा थापामगर, तमु होज द्यींका अध्यक्ष चेतबहादुर गुरुङ, मगर विद्यार्थी संघका पूर्व अध्यक्ष विशाल रानामगर, म्याक्सो स्पोर्ट क्लबका अध्यक्ष विजय मल्ल लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

Samman Pic 3

Womui
Womui