जहाजमा सवार सबै २३ जनाको मृत्यु

53

पोखरा, फागुन १२—
पोखराबाट जोमसोमका लागि उडेको तारा एयर म्याग्दीमा दुर्घटना हुँदा जहाजमा सवार सबै २३ जनाको मृत्यु भएको पुष्टी भएको छ । पश्चिम क्षेत्रका निमित्त प्रहरी प्रमुख एसएसपी महेन्द्रकुमार पोखरेलले घटनास्थल पुगेको प्रहरी टोलीलाई उदृत गर्दै भने, ‘प्लेनमा रहेका सबै २३ जनाको मृत्यु भएको छ ।’ म्याग्दीको दाना गाविस—२ स्थित सोलीघोप्टे आसपासबाट आवाज आएको स्थानीयबासीले बताएपछि खोजी गर्न गएको प्रहरीको सानो टोलीले दाना–२ स्थित केगरबुटामा जलिरहेको अवस्थामा प्लेन भेटेको थियो ।

Tara Air pic

स्थलमार्गबाट पुगेको प्रहरी टोलीले घटनास्थललाई घेराहाले एसएसपी पोखरेलले बताए । ‘प्रहरीको अर्को टोली केही समयपछि घटनास्थल पुग्दैछ’, उनले भने । दुर्घटनामा मृत्यु भएकाहरुको शव क्षतविक्षत अवस्थामा पाइएको उनले जानकारी दिए । ‘शवहरु क्षतविक्षत अवस्थामा छन् । यत्रतत्र छरिएका शवहरू चिन्न सकिने अवस्था छैन’, उनले भने, ‘केही शव जलेको अवस्थामा भेटिएका छन् ।’ पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको 9NAHh कल साइनको ट्विनटर जहाजमा दुइ बालबालिका सहित २० यात्रु र ३ जना चालक दल सदस्य रहेका थिए। विमानलाई क्याप्टेन रोशन मानन्धरले उडाएका थिए । को–पाइलट डिकेस नेम्कुल र परिचारिका रोमा राउत थिइन् ।

www.nagariknews.com

Womui
Womui