पार्टीलाई चुस्त, दुरुस्त बनाउने प्रतिवद्धता

94

नेपालगन्ज, फागुन ११–
नेपाली कांग्रेस बाँकेका नवनिर्वाचित पदाधिकारीले मंगलबार पदभार ग्रहण गरेका छन् । हालै सम्पन्न निर्वाचनबाट जिल्ला कार्यसमिति पदाधिकारी निर्वाचित भएका थिए । नेपालगन्जस्थित कांग्रेस पार्टी कार्यालयमा मंगलबार एक कार्यक्रमका बीच उनीहरुले पदभार ग्रहण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले आसन्न १३ औं महाधिवेशनबाट पार्टी एक भएर जाने बताए । मुलुकले कांग्रेसको नेतृत्वमा संविधान पाएको स्मरण गराउँदै कांग्रेसको सहभागिता विना संविधान कार्यान्वयन गर्न कठिन हुने बताए ।

Kiran Koirala pic

पदभार ग्रहण गरेपछि कार्यकर्तालाई सम्बोधन गर्दै जिल्ला सभापति किरण कोईरालाले सबैको सहयोगले नै पार्टीलाई चुस्त, दुरुस्त बनाउने प्रतिवद्धता जनाईन् । ‘तपाईले मलाई जिताएर सभापति बनाउनु भयो, अब मैले तपाईहरुकै सहयोगमा पार्टीलाई चुस्त, दुरुस्त बनाउँछु,’ उनले भनिन् । यस्तै पार्टीको भातृ तथा शुभेच्छुक संघ, संस्थालाई क्रियाशिल बनाउन सक्रिय भूमिका निभाउने सभापति कोईरालाले बताईन् । पद हस्तान्तरण गर्दै निर्वतमान कार्यबाहक सभापति लाहुराम थारुले नयाँ कार्यसमितिले पार्टीलाई क्रियाशिल बनाई राख्न राम्रो कुरालाई निरन्तरता दिनुपर्ने सुझाव दिए । ‘हामीले चार वटै क्षेत्रलाई जवसम्म सशक्त र जुझारु बनाउन सक्दैनौ, तव सम्म पार्टी बलियो हुन सक्दैन,’ उनले भने ।

Padvar

Womui
Womui