मिनी ट्रक दुर्घटना हुदाँ सोलुखुम्बुमा ३ को मृत्यु

41

सोलुखुम्बु, फागुन ११–
मिनी ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा परी मुक्ली–१, का ४० वर्षीय भीमवहादुर बस्नेत र सोही स्थानका ३५ वर्षीय छत्रवहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख माधव बुढाथोकीले बताए । मृतक एक जनाको भने अझै सनाखत हुन नसकेको बुढाथोकीले बताए । काठमाडौंबाट सिमेन्ट लिएर सोलुखुम्बुको मक्ली जाँदै गरेको ना २ ख ५५४४ नम्बरको मिनी ट्रक तिङ्ला–७ मा गएराति दुर्घटना भएको थियो । दुर्घटनामा ट्रक चालक इन्द्र तामाङ घाइते भएको र उनको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Womui
Womui