कांग्रेस सभापति बन्न आधा दर्जन आकांक्षी

92

काठमाडौं, फागुन ११–
नेपाली कांग्रेसको महाधिवेशन सुरु हुन दुई साताभन्दा कम समय बाँकी रहँदा नेताहरुको ध्यान नयाँ नेतृत्व लिन केन्द्रित बनेको छ । कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, शशांक कोइराला, सुजाता कोइरालालगायत नेता पार्टी नेतृत्व लिन सक्रिय छन् ।

Congresh office

वरिष्ठ नेता देउवा प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रने तयारीमा जुटेका छन् । उनी संस्थापन पक्षका प्रभावशाली नेतालाई आफ्नो समूहमा ल्याएर महामन्त्रीको उम्मेदवार बनाउने कसरतमा छन् । संस्थापन पक्षसँग असन्तुष्ट अर्जुननरसिंह केसीलाई महामन्त्रीको उम्मेदवार बनाउन देउवाले सोमबार निकट नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्कालगायतसँग छलफल गरे। देउवा दुईरतीन दिनभित्र प्यानलसहित उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेको केन्द्रीय सदस्य प्रकाशशरण महतले जानकारी दिए । संस्थापन पक्ष पनि सभापतिका आकांक्षीलाई मिलाएर एउटै टिम बनाउन सक्रिय छ ।

कार्यवाहक सभापति पौडेलले सोमबार साँझ महाराजगन्ज पुगेर निकट नेताहरुसँग छलफल गरे । महामन्त्री सिंहलाई उपसभापतिमा मनाएर शेखर र शशांकमध्ये एकलाई महामन्त्रीको उम्मेदवार बनाउने पौडेलको दाउ छ । नेता रामशरण महतलाई महामन्त्रीमा मनोनीत गर्ने र अर्का महामन्त्री सिटौलालाई संसदीय दलका नेताका रुपमा पौडेलले प्रस्ताव गर्दै आएका छन् । पौडेलको प्रस्ताव अस्वीकार गर्दै उनीहरुले सभापति उम्मेदवार बन्ने दाबी गर्दै आएका छन् । महामन्त्री सिंह बिपीपुत्र शशांकसहितको टिम बनाएर सभपातिका लागि मैदानमा उत्रिने तयारीमा छन् । पार्टी नेतृत्व लिन आफू सक्षम रहेको बताउँदै सिंहले सोमबार नेपाल विद्यार्थी संघले राजधानीमा आयोजना गरेको कार्यक्रममा भने, ‘मैले पनि पार्टीमा धेरै दुःख गरेको छु, त्यसैले म पार्टी सभापतिका लागि सक्षम छु ।’

सभापतिका लागि देशभरका कार्यकर्ताबाट दबाब आएको दाबी गर्दै केही दिनपछि मात्र उम्मेदवारी घोषणा गर्ने उनले बताए । उधारो पद नलिने बताउँदै आएका सिंहले १४औं महाधिवेशनपछि पार्टी नेतृत्वका लागि सुनिश्चितता खोजिरहेको संस्थापन पक्षका एक नेताले बताए । त्यस्तै, बिपीपुत्र शशांकले पनि आफ्नो सक्रियता बढाएका छन् । कार्यवाहक सभापति पौडेलले शेखर र शशांकलाई मिलेर एक जना महामन्त्रीका लागि तयार हुन आग्रह गरेपछि सशंकित बनेका दुवैले भेटघाटलाई तीव्र बनाएका छन् । शशांकले केही दिनअघि खुमबहादुर खड्कासहितका नेतालाई भेटी सभापतिमा सहयोग मागेको स्रोतको दाबी छ । शशांकले सोमबार आयोजित कार्यक्रममा पार्टीको आशन्न महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने दाबी गरे । आजको नागरिकमा खबर छ ।

Womui
Womui