क्यानाडामा स्वर्गिय कोइरालाको श्रद्धान्जली सभा

72

क्यानाडा, फागुन ११–
नेपाली जनसम्पर्क समिती (क्यानाडा)ले नेपाली कांग्रेसका सभापति एवम् पुर्वप्रधानमन्त्री स्वर्गिय सुशील कोईरालाको श्रदाञ्जली सभा गरेको छ । समितीले २१ फेब्रुअरीका दिन ग्रेटर टोरोन्टोको मिसिसागास्थित गोर्खा प्यालेसमा उक्त सभा आयोजना गरेको हो । कोईरालाको गत माघ २६ गते असामयिक निधन भएको थियो ।

Canada Sradanjali Shava

१३ औं दिनको पुण्य तिथिका अवसरमा गरिएको श्रद्धान्जली सभामा एनआरएन क्यानाडाका अध्यक्ष तुल्सी सापकोटाले स्वर्गिय कोइराला नेपाली कांग्रेसको मात्र नेता नभएर एक राष्ट्रिय व्यक्तित्वका रुपमा रहेको चर्चा गरे । उनको देहावसानले नेपाल तथा नेपालीले जनतालाई अपुरनिय क्षति पुगेको धारणा राखे । राष्ट्रिय व्यक्तित्वको सम्झनामा एनआरएन क्यानाडाले गर्नुपर्ने कार्यक्रमलाई नेपाली जनसम्पर्क समिती क्यानाडाले गरेकोमा सापकोटाले प्रशंसा पनि गरे । आगामी दिनमा एनआरएन क्यानाडा नेपाली जनसम्पर्क समिती क्यानाडासँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

Canada Sradanjali Shava 1

श्रदाञ्जली सभामा एनआरएन क्यानाडाका प्रवक्ता तथा अन्टारियो संयोजक किस्मत भण्डारीले कोईरालाको त्याग र उच्च विचारले गर्दा नै आज नेपालले संविधान पाएको बताए । कोईराला नेपाली कांग्रेसको मात्र नेता नभएर सबैका लागि उदाहरणीय राष्ट्रिय ब्यक्तित्व बनेको भण्डारीले उल्लेख गरे । कार्यक्रममा पूर्व विद्यार्थी नेता सुरज चालिसेले कोईरालासँगको भेट र उनको मार्ग दर्शनको सम्झना गर्दै देशलाई उनी जस्तो नेताको खाँचो रहेको बताए । यसैगरी एनआरएन क्यानाडा महिला बालबालिका समिती संयोजक प्रमिला बस्नेत, ट्रकर्स एशोसिएशनका अध्यक्ष एन.बी टन्डन लगायतले श्रद्धान्जली सभामा मन्तव्य दिएका थिए ।

Canada Sradanjali Shava 2

श्रद्धान्जली सभामा उपस्थित व्यक्तिलाई नेपाली जनसम्पर्क समिति क्यानाडाका उपसभापति सुरेन्द्र खड्काले स्वागत गरेका थिए, भने उक्त कार्यक्रम नेपाली जनसम्पर्क समिति क्यानाडाका संथापक सभापति बुद्दि ओलीको सभापतित्वमा सम्पन्न भएको थियो । सभामा क्यानाडामा रहेका विभिन्न संघ, संथाका प्रतिनिधी, वकिल, ब्यापारी, पत्रकार, समाजसेवी लगायत उल्लेख्य मात्रामा जिटिए बासीहरुले स्वर्गिय कोईरालाको तस्विरमा अविर लगाएर श्रद्धान्जली दिएका थिए । सो अवसरमा कौशल बस्नेतले स्वर्गिय कोइरालाको जीवनी प्रस्तुत गरेका थिए ।

Canada Sradanjali Shava 3

Canada Sradanjali Shava 4

Womui
Womui