गोदाममै कसरी कुहियो ३३ करोडको चामल ?

27

काठमाडौं, फागुन ११–
भूकम्पपीडितका लागि बंगलादेश सरकारले राहतस्वरुप उपलब्ध गराएको करोडौं रुपैयाँ मूल्यको चामल सरकारी गोदाममै कुहिन थालेको छ । वैशाख १२ र २९ को भुइँचालोबाट प्रभावितलाई राहत दिन बंगलादेशले एक लाख क्विन्टल चामल पठाएको थियो । त्यसमध्ये ७८ हजार २ सय ९१ क्विन्टल चामल खाद्य संस्थानको गोदाममै सड्ने अवस्थामा पुगेको हो । १० महिनाअघि भण्डारण गरिएको चामल वितरण गर्ने निर्णय नहुँदा संस्थानको लहान, बिर्तामोड र काठमाडौंका गोदाममा थन्किएको छ ।

लामो समय भण्डारण गरेर राख्दा चामलको गुणस्तरमा ह्रास आएको संस्थानका बिर्तामोडप्रमुख मार्कण्डेयप्रसाद जैसवालले बताए । ‘छिटो बाँड्नुपर्योत भनेर पटकपटक आग्रह गरेका छौं,’ उनले भने, ‘किन काम भइरहेको छैन, बुझ्न सकिएन ।’ गृह मन्त्रालयलगायत उपल्लो निकायले निर्णय नगर्दा राहत वितरण हुन नसकेको उनको भनाइ छ । तत्काल वितरण नगरे उक्त परिमाणको चामल बिग्रिने खतरा रहेको पनि उनले जानकारी दिए ।

सरकारको निर्देशनमा खाद्यसंस्थानले जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत भूकम्प प्रभावित १४ जिल्लामा करिब २१ हजार ७ सय ९ क्विन्टल चामल वितरण गरेको थियो । संस्थानको बिर्तामोड गोदाममा ६१ हजार ४ सय ३३, काठमाडौंमा १६ हजार ३ सय ८७ र लहानमा ४ सय ७० क्विन्टल चामल छ । नेपाल खाद्य संस्थानका प्रवक्ता पवन कार्कीका अनुसार सरकारले वितरण निर्णय नलिँदा अनुदानको चामल गोदाममै थन्किएको हो । आजको नागरिकमा खबर छ ।

Womui
Womui