प्रसुती केन्द्र सुधार योजना सम्वन्धी कार्यशाला

127

नेपालगन्ज, फागुन १०–
नेपालगन्जमा सञ्चालन गरिएको प्रसुती केन्द्रको सुधार योजनाका लागि दुई दिने कार्याशाला गोष्ठी सोमबार सम्पन्न भएको छ । जिल्ला जन स्वास्थ्य कार्यालयको समन्वय र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा जिल्लामा सञ्चालन गरिएको रिचिंङ द अनरिच कार्यक्रम अन्तर्गत उक्त कार्याशाला आयोजना गरिएको हो । जिल्लाका १५ वटा सरकारी स्वास्थ्य संस्थाका इन्चार्ज र प्रसुतीगृहका अनमीको सहभागिता रहेको कार्यशालाले कार्यक्रमको हालसम्मको समिक्षा गर्दै सोही आधारमा आगामी ६ महिनाको योजना समेत निर्माण गरेको छ ।

Kareshala
कार्याशालाको समापन कार्यक्रमलाई सम्वोधन गर्दै बाँकेका जनस्वास्थ्य प्रशासक डाक्टर विनोदकुमार गिरीले कुनैपनि कार्यक्रमको समिक्षा नै महत्वपूर्ण भएको जनाउँदै राम्रो समिक्षा र सोही आधारमा तयार गरिएको भावी योजनाले कार्यक्रम सफल पार्न अहम भूमिका खेल्ने बताए ।

बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खानले कार्यक्रमले गर्दा स्वास्थ्य संस्थामा पहुँच नभएका मधेशी र मुस्लिम समुदायका महिलाहरुको पहुँच बढेको बताए । मनिकापुर स्वास्थ्य चौकीका इन्चार्ज रमेश कोइरालाले बाँके युनेस्को क्लबको सहयोगपछि स्वास्थ्य चौकीमा उपकरण लगायतको सहयोग हुँदा काम गर्न सहज भएको धारणा राखे । सोनपुर स्वास्थ्य चौकीका अनमी चम्फा श्रेष्ठले विगतको समिक्षाको आधारमा निर्माण गरिएको भावी योजना कार्यान्वयन गर्ने प्रतिवद्धता जनाईन् ।

Womui
Womui