अनेरास्ववियू अध्यक्षमा लामा निर्वाचित

47

काठमाडौं, फागुन १०—
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियू अध्यक्षमा नवीना लामा निर्वाचित भएकी छिन् । दीपक गौतमलाई २ सय १६ मतले हराउँदै लामा अध्यक्षमा निवार्चित भएकी हुन् । लामाले ८ सय ६५ मत ल्याइन् भने अर्का प्रत्यासी गौतमले ६ सय ४९ मत पाए । निर्वाचन आयोगले यो परिणामलाई औपचारिकता दिन भने बाँकी छ । नवीना रामकुमारी झाँक्रीपछि अखिलको नेतृत्व सम्हाल्ने दोस्रो नेतृ हुन् । नवीना एमालेभित्र केपी ओली पक्षकी हुन् ।

पराजित हुने गौतम माधव नेपाल पक्षका हुन् । पदाधिकारीहरु अधिकांश संस्थापन पक्षका निर्वाचित भएका छन्। उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, सुनिता बराल तथा सलेश लामा विजयी भएका छन् । महासचिवमा ऐन महर विजयी भएका छन् । सचिवमा आरसी लामिछाने, समिक बडाल, मकरबहादुर खड्का, सदेश पराजुली, अमृत बुढा, आरती लामा, ओसिम आलम निर्वाचित भएका छन् । कोषाध्यक्षमा झपिन्द्र खत्री निर्वाचित भएका छन् ।

Womui
Womui