‘सुशील दाईको अभाव खड्किन दिदैनौ’

160

नेपालगन्ज, फागुन १०–
नेपाली कांग्रेसका नेता, कार्यकर्ताले स्वर्गिय सभापति एवम् पुर्वप्रधानमन्त्री सुशील कोईरालाको अभावलाई खड्किन नदिने प्रतिवद्धता जनाएका छन् । कोईरालाको १३ औं दिनको पुण्यतिथिका अवसरमा आईतबार नेपालगन्जस्थित पार्टी कार्यालयमा आयोजित श्रदाञ्जली कार्यक्रममा बोल्दै नेता, कार्यकर्ताले स्वर्गिय सभापतिको सिद्धान्त र विचार अनुसार नै आफुहरु हिड्ने बताए । श्रदाञ्जली कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य प्रदिप पौडेलले कोईरालाको जीवनशैली र आर्दश अनुसार पार्टी अगाडी बढ्नुपर्नेमा जोड दिए । ‘सुशील दाईले आफ्नो राजनीति यात्रामा जुन बाटो अपनाउनु भयो, त्यो बाटोलाई हामीले पनि अब पछ्याउन जरुरी छ, अनि मात्र उहाँप्रति सच्चा श्रदाञ्जली दिएको ठहरिनेछ,’ पौडेलले भने ।

Pradip_Paudel[1]

नेपालको राजनीतिमा अब कोईराला जस्ता त्यागी र निष्ठावान व्यक्तित्व नभेटिने उनको भनाई छ । नेपाली कांग्रेस बाँकेका पुर्व सभापति युवराज शर्माले स्वर्गिय कोईरालाले राजनीतिमा गरेको योगदानको जति चर्चा गरेपनि नपुग्ने बताए । कोईरालाको अनुयायीका रुपमा लामो समयदेखि राजनीतिमा सक्रिय रहेका शर्माले पार्टीलाई बलियो बनाउन स्वर्गिय कोईरालाका सिद्धान्त र विचार अनुशरण गर्नुपर्ने बताए । ‘मुलुकमा प्रजातन्त्र ल्याउनेदेखि नयाँ संविधान जारी गर्ने सम्मको काममा उहाँको योगदान अविष्मरणीय छ,’ शर्माले भने । श्रदाञ्जली कार्यक्रममा सभापतिको आसनबाट बोल्दै नवनिर्वाचित कांग्रेस बाँकेकी सभापति किरण कोईरालाले भनिन् ‘सुशील दाईको त्याग, निष्ठा र इमान्दारितालाई हामी सबैले अनुशरण गर्न सकेपछि मात्र उहाँप्रति सच्चा श्रदाञ्जली हुन्छ ।’

अर्को प्रशंगमा उनले स्वर्गिय कोईरालाले विवाह नै नगरेर सिंगो जीवन राजनीतिमा सर्मपित गरेको बताईन् । सभापति किरण स्वर्गिय कोईरालाकी भाई बुहारी हुन् । सो अवसरमा सांसदहरु बादसाह कुर्मी, अब्दुल हमिद सिद्धिकी, आसा बिक र सर्वतआरा खानम, नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोईराला, एमाओबादीका केन्द्रिय सदस्य महेश्वर गहतराज(अथक), पुर्वसांसदहरु कृष्णसिंह परियार, कैलाशनाथ कसौधन, कृष्णप्रसाद गौतम, जिविसका पुर्वसभापति ओमजंग राणा, नेपाली कांग्रेसका महासमिति सदस्य निरन्जनसिंह सिजापति, मिना सिग्देल, राप्रपा नेपालका तारकचन्द थारु लगायतले श्रदाञ्जली सहित मन्तव्य दिएका थिए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, नागरिक समाज लगायतको ठुलो संख्यामा उपस्थिती रहेको थियो । श्रदाञ्जली कार्यक्रम लगत्तै स्वर्गिय कोईरालाको अस्तु बोकेर नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरु सिधनियाघाटस्थित राप्तीनदीमा पुगेका थिए । त्यसअघि प्रहरीको व्याण्ड बाजा सहित कोईरालाको अस्तुलाई नेपालगन्ज नगरको विभिन्न भागको परिक्रमा गराइएको थियो ।

Womui
Womui