जनादेश पत्रिकाको सामान ‘कब्जा’

48

काठमाडौं, फागुन १०–
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाको समूहले पत्रकार मनऋषि धितालको सम्पादनमा प्रकाशित हुँदै आएको जनादेश साप्ताहिकको भौतिक सामग्री कब्जा गरेका छन् । प्रवक्ता देवकोटाको नेतृत्वमा गएको टोलीले जनादेश साप्ताहिकको कार्यालयका सामग्री कब्जामा लिएको भन्दै क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्यले आपत्ति जनाएका छन् । जनादेशकोे शंखमुलस्थित कार्यालयमा केही दिनअघि भएको घटनाको उनले विज्ञप्ति जारी गरेर भर्त्सनासमेत गरेका छन् ।

‘जनादेश साप्ताहिक कार्यालयको महŒवपूर्ण कागजपत्र, दुईवटा कम्प्युटर, टेबुल–कुर्सी, दराज तथा जनादेशले पाएका प्रमाणपत्रलगायत सामग्री कब्जामा लिएर प्रेस स्वतन्त्रता एवं कानुनी शासनविरोधी कार्य गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सम्पादक धितालले केही दिनपहिले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको विरोधमा लेखेलगत्तै यसखालको हस्तक्षेप हुनुले घटना सुनियोजित रहेकोमा कुनै शंका छैन ।’ नयाँ शक्ति नेपालका प्रवक्ता देवकोटाले भने पत्रिकाको कार्यालयबाट कुनै सामान कब्जा नगरेको दाबी गर्दै आफूहरुको बद्नाम गराउन अफवाह फैलाइएको बताएका छन् ।

Womui
Womui