बासको अध्यक्षमा भण्डारी निर्वाचित

43

नेपालगन्ज, फागुन ९-
बागेश्वरी असल शासन क्लब(बास)को सातौं महाधिवेशनले मन भण्डारीको अध्यक्षतामा १९ सदस्सिय केन्द्रिय कार्य समिति निर्वाचित गरेको छ । शनिबार अवेर राती सम्पन्न निर्वाचनबाट पश्चिमाञ्चल उपाध्यक्ष भण्डारीले निकटतम प्रतिद्धन्द्धी रमेश सिटौला र कल्पना अधिकारीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै वरिष्ठ उपाध्यक्षमा रज्जव अलि बागवान निर्वाचित भए । उनले निकटतम प्रतिद्धन्द्धी भुपेन्द्र बस्नेतलाई पराजित गरेका थिए ।

महासचिव पदमा जाजरकोट शाखाका डम्बर सिंह तथा पूर्वाञ्चल उपाध्यक्षमा राजेन्द्र खनाल, मध्यमाञ्चलमा ज्ञानु श्रेष्ठ, पश्चिमाञ्चलमा चुर्तबहादुर महत, सुदुरपश्चिम उपाध्यक्षमा बिष्णुबहादुर खड्का र कोषाध्यक्षमा बाँकेकी लुना बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् । सचिव पदमा मोहम्मद कयुम मुकेरीलाई पराजित गर्दै मञ्जु बोहरा निर्वाचित भएको निर्वाचन अधिकृत (अधिवक्ता) केशव कोईरालाले जानकारी दिए ।

यस्तै सदस्य मध्येको महिला, दलित, जनजाती आरक्षित कोटाबाट पुष्पा सुनार, तिला सुनार, अपांगताबाट दलबहादुर सुनार र खुलातर्फबाट बामदेब पोखरेल, नैन सुनार, अर्जुन जैसी र मनिष कर्माचार्य निर्वाचित भएका छन् । बाँकी ४ सदस्यहरु मध्ये कार्यकारी निर्देशक र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने तथा बाँकी २ मनोनित गर्ने प्रावधान छ ।

Womui
Womui