काँग्रेस नेतामाथि गोली हान्ने तीन पक्राउ

48

जनकपुर, फागुन ९–
कांग्रेस कार्यकर्ताको हत्या अभियोगमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सिरहा राजपुर –१ का अजय सिंह भनिने २४ वर्षीय रामरिझन यादव, सोही ठाउँका ४० वर्षीय जसलाल यादव र सिरहाकै मिर्चैया –५ का २९ वर्षीय बेचन पासमानलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरु मध्ये रामरिझन जनतान्त्रिक टाइगर जनशक्ति पार्टीका सैन्य कमाण्डर रहेको प्रहरीको भनाई छ ।

प्रहरीको अनुसार माघ २३ गते बिहान काँग्रेस प्रतिनिधि नसिम राईन र पोर्ताहामा स्थानीय निजी विद्यालयका शिक्षक सिरहा, बडहरामाल –३ का रामसोगारथ महतोलाई गोली हान्न प्रयोग भएको मोटरसाइकल रामरिझनले नै चलाएका थिए । माघ २३ गते बिहान गणेशमानचारनाथ नगरपालिकाको महेन्द्र राजमार्ग्स्थित वीरेन्द्रबजार चोकमा काँग्रेसका क्षेत्रीय प्रतिनिधि राईनमाथि गोली प्रहार भएको थियो । पिठ्यूमा एक गोली लागेका उनको राजधानीस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । राईनलाई गोली हानेको समूहले नै पोर्तामा महतोलाई गोली हानेर सिरहाको रमपुरा गाउँमा लुकेको थियो ।

Womui
Womui