‘होटलमा नराम्रो काम हुन दिन्न’

95

नेपालगन्ज, फागुन ९–
होटल व्यवसायमा हुने विकृती रोक्न वडा प्रहरी कार्यालय नेपालगन्ज कडाईका साथ प्रस्तुत हुने भएको छ । हालै वडा प्रहरी कार्यालय ईन्चार्जको जिम्मेवारी सम्हालेका प्रहरी निरिक्षक रामबहादुर चन्दले आईतबार पत्रकारसँगको परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन् । आफु नेपालगन्ज आएलगत्तै होटल व्यवसायीसँग छलफल गरेको जानकारी दिदै उनले होटलमा आउने पाहुनाको नाम, ठेगाना र मोबाईल नम्वर अनिवार्य रुपमा राख्नुपर्ने र राती १० बजेपछि मदिराको विक्री वितरण बन्द गर्ने विषयमा व्यवसायीहरु सहमत भएको बताए । ‘होटलमा राम्रा र नराम्रा दुवै थरिका मान्छे बस्छन, त्यसकारण होटलमा नराम्रा क्रियाकलाप हुन नदिन उनीहरुको नाम, ठेगाना र मोबाईल नम्वर टिप्नुस् भनेको छु ।’

वडा प्रहरी कार्यालयका ईन्चार्ज रामबहादुर चन्द ।
वडा प्रहरी कार्यालयका ईन्चार्ज रामबहादुर चन्द ।

नराम्रा क्रियाकलाप गर्ने व्यवसायीलाई एकचोटी सम्झाउने र पुनः गल्ती दोहोर्याए कानुन अनुसार कारबाही गर्ने ईन्चार्ज चन्दले बताए । अधिकांस अपराधका घटना मदिराकै कारण हुने गरेको स्पष्ट पार्दै उनले राती १० बजेपछि मदिरा विक्री, वितरण गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिए । यसअघिका वडा प्रहरी इन्चार्ज दिपेन्द्रकुमार पाल र होटल व्यवसायीबीच द्धन्द्ध बढेको थियो । होटल व्यवसायीलाई दुव्र्यबहार गरेको आरोपमा मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख(डिआईजी) माधव नेपालले पाललाई सरुवा गरेर उनको ठाउँमा प्रहरी निरिक्षक चन्दलाई ल्याएका हुन् ।

Womui
Womui